March 29th, 2020

व्यवसायी रतन टाटाद्धारा भारत सरकारलाई ५ अर्ब सहयोग घोषणा

बैंकिङ खबर । भारतका एकजना व्यवसायीले भारत सरकारलाई कोरोना विरुद्ध लड्न पाँच अर्ब भारु सहयोगको घोषणा गरेका छन् । व्यापारिक घराना रतन टाटाले कोरोना विरुद्ध लड्न भारत सरकारलाई लाई ५ अर्ब भारु दिने भएका हुन् । उनले पीपीइ, मेडिकल सामाग्री, टेस्टिंग किट्स तथा उपचार कक्ष निर्माण एवं उपचारका लागि यस्तो सहयोग गर्ने भएका हुन् । ‘कोरोनाविरुद्ध तत्कालै एक्सन लिनुपर्ने समय आएको भन्दै उनले यस्तो घोषणा गरेको बताएका छन् । टाटा ग्रुप भारतको ठूलो र प्रतिष्ठित व्यापारिक समुह हो ।