बैंकिङ खबर । संकटको समयमा सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै अमेरिकी सरकारले दिनहुँ नयाँनयाँ नीतिहरु सार्वजनिक गरिरहेको छ । अमेरिकामा घोषणा गरिएको सबैभन्दा ठूलो राहत प्याकेज ट्रेजरी सेक्रेटरी स्टीभनु चिनद्धारा घोषित प्रस्तावहो । उनले यस वर्ष केही कर्मचारीहरुलाई तलबी विरामी विदा दिने घोषणा गरेका हुन् । द फ्यामिलिज फसर््ट कोरोनाभाइरस रेसपोन्स एक्टमार्फत् फुलटाइम कामदारलाई दुई हप्ताको तलबी विरामी विदा दिने व्यवस्था गएिको हो । यही वर्षको अन्त्यसम्म कायम रहने यस ऐन अनुसार केही कर्मचारीहरुले विशेष अवस्थामा यस्तो विदा तीनमहिनासम्मको पाउनेछन् । केही कम्पनीहरुले आफैँ विदाको नीति बनाइरहेका छन् ।
यसबाहेक, राष्ट्रपति डोनाल्डट्रम्पले संकटको अवधिभर विद्यार्थी कर्जामा व्याजदर सहुलियतको घोषणा गरेकाछन् । त्यस्तै, व्यक्तिगत करदाताहरुलाई दुई चरणमा प्रत्यक्ष नगद भुक्तानी गरिने भएको छ । आम्दानी स्तर र परिवारको आकारका आधारमा रकम निश्चित गरिने बताइएको छ । त्यस्तै, कर कट्टीको व्यवस्था पनि गरिएको छ भने केन्द्रीय बैंकले व्याजदर कटौती समेत गरेको छ ।
कोरोना भाइरस रेसपोन्स एक्टले केही खाद्यान्न असुरक्षाको समस्यालाई पनि सम्बोधन गरेको छ । गरिब गर्भवती वा ससाना सन्तानकी आमाहरुका लागि ५०० मिलियन डलर बराबरको खाद्यान्न सहयोग प्रदान गरिने भएको छ । फुड बैंकमा ४०० मिलियन डलर र सिनियर न्युट्रिसन प्रोग्राममा २५० मिलियनडलर खर्च गरिएको छ ।
कोरोना भाइरसका कारण बेरोजगार भएकाहरुलाई पनि अमेरिकी सरकारले सुविधा दिने भएको छ । यसका लागि निश्चित मापदण्ड तोकिएको छ, जुन स्टेटअनुसार फरक रहेको छ । कोरोनाकै कारण जागीर गुमाएकाहरुले डिजास्टर अनइम्प्लोयमेन्ट एसिस्टेन्स पनि पाउन सक्छन् ।
।