Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मेडिको नेपालले COVID -19 स्वास्थ्य सम्बन्धि सिधा हटलाइन सेवा दिँदै

२०७६ चैत्र १५ गते

बैंकिङ खबर । मेडिको नेपालले वेवसाइट र मोबाइल एप्लिकेसन मार्फत कोरोना सम्बन्धि स्वस्थ्य सम्वन्धी जिज्ञासा, चासोलाई स्वास्थ्यकर्मीद्वारा सहजकता प्रस्तुत गर्दै आएको छ । मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट यस्तो सुविधा पाइने भएको हो । अब आपतकालिन समयमा घरमै बसिबसि स्वास्थ्यकर्मीहरुसँग सल्लाह सुझाव लिन पाइने भएकोे छ । यस वेबसाइट र एप्लिकेसनमा कोरोना सम्बन्धी सम्पूर्ण जानकारी जस्तै, कोरोना सम्बन्धि लक्षण, गर्न हुने र नहुने काम, रोकथामका तरिका, रोग फैलिन नदिने उपायका साथै कोभिड १९ बाट संक्रमण हुने, मृत्यु हुने संसारभरको अपडेटहरु समावेश गरीएको छ ।
चिनबाट सुरु भएको यो भाइरस अहिले विश्वभरी नै माहामारीको रुपमा फैलिरहेको छ । यस महामारीलाई मध्यनजर गर्दै मेडिको नेपालले यस सुविधा दिने भएको हो ।

http://www.mediconepal.com/

Ad