March 27th, 2020

चिनमा ५५ नयाँ संक्रमितमध्ये ५४ जना विदेशबाट आएका, विदेशी पर्यटकलाई प्रतिवन्ध

बैंकिङ खबर । कोरोना भाइरस रोकथामका लागि चीनले विदेशी पर्यटकमाथि प्रतिबन्ध लगाएको छ । विदेशीहरु विदेशमै रहन आग्रह गर्दै उनीहरुसँग भिसा र बसोबासको अनुमति भएपनि तत्कालका लागि चिन प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । चीनले एयरलाइन्सहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । जसले सातामा एउटा उडान मात्र भर्ने निर्णय गरेको छ । एजेन्सीका अनुसार चीनले बाहिरबाट आउने व्यक्तिमा कोरोना भाइरसको संक्रमित भएको भन्दै प्रतिबन्धको निर्णय गरेको हो । चिनले बिहीबार भेटीएका ५५ नयाँ संक्रमित मध्ये ५४ जना बाहिरबाट आएका मानिस रहेको जनाएको छ । चीनले कूटनीतिक अधिकारीहरुलाई यसले असर नपार्ने बताएको छ ।