Human Creature र Human Being मा हामीले फरक नपाउदा प्रकृतिसंग हामी कठोर ब्यवहारमा उत्रेर उसको चरित्र हत्या गरेजस्तै गरी आफ्ना बिभिन्न स साना आर्थिक लक्ष्यहरु प्राप्त गर्न लागिरहेका छौं । यो लाईनमा सबैको समर्थन हो भने आउनुहोस आजको अध्याय बिशेष रुपले मनन गरौ, धेरै कुरा हामी आफै गर्न सक्छौं ।
जोखिम अझै कम भएको छैन
कोरोना यस्तो जीवन हो जुन हामी हाम्रो आँखाले देख्न सक्दैनौं । उसको आफ्नै लाईफ छ, आफ्नै दैनिकी छ, आफ्नै संघर्ष छ र आफ्नै लक्ष्य पनि छ । मानव शरीरमा १५ दिनसम्म लुकेर बस्नु र त्यसपछि बिभिन्न कडा खालका एन्टिबायोटिक संगको संघर्ष उसको लागि कम चुनौतीपुर्ण छैन । मान्छेको शरीर बाहेकका ठाँउमा उसको लाईफ केही घण्टा मात्रै छ । हामी नदेखिने चिजसंग कति डराउने भनेजस्तै गरी लकडाउनको पुर्ण रुपमा पालना गरिरहेका छैनौं । त्यसैले लक डाउनको पुर्ण रुपमा पालना गरौं । हामी गर्वका साथ भन्न सकौं हामी ईटालीको जस्तो नबनौं । अमेरिकालाई पनि जित्ने समय यही हो ।
प्रकृति र लकडाउन
सन् २००० यता विश्वको जनसंख्या वृद्धीदर प्रति दशक १० प्रतिशत भन्दा बढी छ । सन् २०२० मा बिश्वको जनसंख्या ७.५ अर्बभन्दा बढी हुनेछ । बिज्ञानको बिकास यति तीब्र गतिमा भयो कि मानिसले मृत्युलाई नै आफ्नो हातमा लिन थाल्यो । कुनैबेला औसत आयु ३० बर्ष थियो तर अहिले कुनै कुनै देशको औसत आयु १०० बर्ष नै छ । तर उता जन्मलाई हामीले ब्यवस्थापन गर्न सकेनौं । जनसंख्या बृद्धी यही गतिमा हुने हो भने सन् २०३० मा बिश्वको जनसंख्या साढे आठ अर्बभन्दा बढी हुने देखिन्छ । सन् २०५० मा बिश्वको जनसंख्या करिब १० अर्ब पुग्ने छ र त्यतिबेला पृथ्बीमा स्वस्थ हावा, पानी र खानाको चरम अभाव हुने छ ।
त्यसबेला यो भन्दा पनि अझ भयानक लकडाउन गर्नुपर्ने अवस्था आउनेछ । पृथ्वीको क्षमताले धान्न मुस्किल भएको अवस्था हो यो । बातावरणीय तथा जैविक सन्तुलनको लागि कम्तीमा ३३ प्रतिशत भुभाग जंगलले ढाकेको हुनुपर्छ तर अहिले नै त्यो हिस्सा जम्मा ३० प्रतिशत भन्दा तल छ । सन् २०५० मा त्यो २० प्रतिशतभन्दा कम हुने छ ।
बिश्व नै बन्दीको अवस्थामा हुदा अन्य समस्याहरु छाँयामा परेका छन् । मर्न त दैनिक लाखौं मान्छेहरु मर्छन् तर अहिले जो कोही मर्दा पनि कोरोनाकै आशंका छ । कति खान नपाएर मरिरहेका छन्, कति हर्ट अट्याक भएर मरिरहेका होलान्, कति बृद्ध भएर यस्तै बिभिन्न कारणहरुबाट मृत्यु निरन्तर नै छ । तर सबैको ध्यान अहिले एउटै कोरोनामा केन्द्रित छ ।
मान्छेको अहिलेको दैनिकी
आज बिहानै एकजना साथीले जनसंख्या बढ्ने गुनासो सुनायो । कसैले ज्यान बढ्ने कुरा सुनाए ज्यान कस्को बढ्ने हो भन्ने प्रश्न पनि आए । सामाजिक संजालहरुमा व्यस्तहरुले पुराना पोष्ट र फोटोहरुमा राम्रै लाईक र कमेन्ट बनाए । तर दर्दनाक पिडाले भरिएका समाचारहरु पनि त्यतिकै सुनिए । आफ्नो गन्तब्यमा पुग्न नपाई बाटैमा खुला आकाशमुनि बिरामी तथा स साना नानी बाबुहरु रोएका हार गुहारहरु पनि सुनियो । पैसा आफुसंँग हुदा पनि होटेलहरुले बस्न बास नदिएको र बिचल्लीमा परेकाहरुको पिडादायी दैनिकी पनि सुनियो हेरियो । यसो हेर्दा मानव सभ्यतालाई कोरोेनाले सिध्याएको आभास भएको छ ।
अत्यावश्यक क्षेत्रमा काम गर्नेहरुलाई पनि मृत्युसंग लडाई गर्न गाह्रो छ । अस्पतालका डाक्टर र नर्सहरुले अहिलेको अवस्थामा कस्तो मानसिक अवस्थामा काम गरिरहेका होलान् । सुरक्षाकर्मी, संचारकर्मी, बैंकर र अन्य अत्यावश्यक क्षेत्रमा काम गर्नेहरुको दैनिकी पनि कम चुनौतीपुर्ण छैन । त्रासमात्रै फैलाएर कोरोनासंग लड्न सकिदैन बरु सुरक्षाको ब्यवस्थापन पनि त्यतिकै महत्वपुर्ण छ । कोरोनाले भेटाई हाले पनि मेरो उपचार संभव छ भन्ने बिश्वास त अत्यावश्यक क्षेत्रमा काम गर्नेलाई हुनपर्यो नी ।
प्रकृति आफ्नो नियममा दृढ
बिगत दश बर्षदेखिको मात्रै मनन गरौं त कति धेरै परिवर्तन आएको छ हाम्रै वरीपरी पनि । हामी कति थियौं अहिले कति छौं, कति गाडीहरु चल्थे अहिले कति चल्छन्, कति घरहरु थिए अहिले कति बनेका छन्, जंगल कति थियो अहिले कति छ, कति कलकारखाना थिए अहिले कति छन्, पहिला कति फोहोर थियो अहिले कति छ यी सामान्य कुराहरुबाट नै थाहा हुन्छ वातावरण कति संतुलनमा छ भनेर । हामीले सगरमाथामा जाम लागेको पनि देख्यौं, हिमालहरु पग्लिएर खाली भएको देख्यौं । बाढी, पहिरो, हावा हुरी र अन्य बेला बेलामा तर्साउने बिभिन्न महामारीहरु संग पनि लड्यौ र सबैलाई खुलमखुल्ला चुनौती दिदै जित्यौं पनि । तर कोरोनारुपि अवतार संग हामी धेरै डराएका छौं । यसको सहारामा प्रकृतिले नै फरक तरिकाले चुनौती दियो । हाम्रो दैनिकी नै एउटा कोठामा सीमीत बनाईदियो कैदीजस्तै । कैदीले केही अपराध गरेको हुन्छ र अपराधअनुसार फरक फरक मात्रामा सजाय भोग्नुपर्ने हुन्छ । अहिले कोही क्वारेन्टाईनमा, कोही आईसोलेशनमा, कोही आईसीयुमा, कोही भेन्टीलेटरमा कैदी जीवन बिताईरहेका छौं । यो हाम्रो सामुहिक अपराधको सजाय स्वरुपको कैदी जीवन हो । कैदीको चालचलन अनुसार पनि सजायको मात्रा तलमाथि हुन्छ त्यसैले लक डाउनको पुर्ण रुपमा पालना गरौं प्रकृति संग जुहारी हैन मिलेर काम गरौं । केही दिन पृथ्वीलाई पनि आराम दिऔं ।