Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना रोकथाम र लकडाउन फेजमा : सक्रिय नमुना पात्रहरु

२०७६ चैत्र १४ गते

बैंकिङ खबर । कोरोना संक्रमण बढ्न नदिन तथा रोकथाम र सहयोगका लागि केही पात्र सक्रिय रुपमा लागिपरेका छन् । जसले कोरोना रोकथामका लागि निकै सक्रियता देखाएका छन् । त्यसो त अन्य धेरै पात्र र संघसंस्थाहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा सक्रिय छन् । उहाँ उल्लेख गरिएका पात्र मात्रै लागेका होइनन् । हामीले यहाँ चित्रित गरिएका पात्र केही नमुना पात्र मात्र हुन् । 

विनोद चौधरी : विनोद चौधरी नेपालका सबैभन्दा धनी व्यबसायी पनि हुन् ।उनले कोरोना भाइरस संक्रमण बढ्न नदिन सबैप्रदेशमा पीपीई उपलव्ध देखि अन्य राहातका सामग्र सिधै उपलव्ध गराएका छन् । उनले सबै प्रदेशमा सामग्र पुग्ने कार्य जारी रहेको सामाजिक संजालमार्फत जानकारी गराएका छन् । विपदको बेला चौधरी फाउनडेशनमार्फत उनको सक्रियता अत्याधिक बढेको हो । उनले २२ वटा केन्द्रमा सामग्री सप्लाई गरेका छन् । पीपीईमात्रै नभएर देशभर परीक्षण किट, मास्क, स्यानिटाइजर, अक्सिजन उपकरण, भेन्टिलेलर लगायत सामग्रीको अभाव पुर्ती गर्ने काममा उनी सक्रिय भएर लागेका छन् ।

महाबबीर पुन : महाबबीर पुन कोरोना लागेको आशंका गरिएका व्यक्तिलाई जाँच गर्नका लागि चिकित्सकलाई आबश्यक पर्ने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) बनाउनका लागि अघि सरेका छन् । उनले नेपालमै उत्पादन गर्नेगरी काम सुरु गरेका हुन् । उनलाई यो सामग्री बनाउन सरकारले स्वीकृति दिइसकेको छ । महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रद्धारा यसको उत्पादन हुने छ । पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) उत्पादन गर्न सरकारले स्वीकृति दिएलगत्तै काम अघि बढाएका छन् ।

मिनबहादुर गुरुङ : मिन बहादुर गुरुङ भाटभटेनी सुपरमार्केटका संचालक हुन् । उनले लक डाउनका समय भाटभटेनि सुपर मार्केटबाट हरेक नेपालीको घरमा खाद्यान्न सामग्री उपलव्ध गराउने काम सुरु गरेका छन् । जसको डेलीभरी सुरुवात समेत गरेका छन् । नियमित दरभाउमै घरघरमै सामान डेलीभरी गर्ने उनले बताएका छन् । दैनिक उपभोग्य सामान खरिद गर्न समस्या भए भाटभटेनीका विभिन्न नम्मरमा टेलीफोन गरे समस्या हल हुने भाटभटेनी सुपरमार्केटले जनाएको छ । आफूलाई आबश्यक पर्ने सामान फोनबाटै अर्डर गर्न सकिने छ ।

दिपक मलहोत्रा : दिपक मलहोत्रा श्यामुङ डिलरका आधिकारिक विक्रेता हुन् । उनी नेपालका सफल र ठुला व्यबसायी हुन् । उनले हाल माक्स उत्पादन गरीरहेका छन् । सुपथ मुल्यमै माक्स उपलव्ध गराउने कार्यमा उनले विदेशबाट मेसिन मोगाएर नेपालमै उत्पादन गरेका छन् । उनीद्धारा उत्पादीत माक्स सरकार मार्फत वितरण भइरहेको छ । कोरोना संक्रमण हुने खतरालाई मध्यनजर गर्दै उनले माक्स बनाउने मेसिन मोगाएका थिए । हाल माक्सको अभाव नभएको जनाइएको छ ।

Ad