March 26th, 2020

महाबीर पुनले सुरु गरे : चिकित्सकलाई आबश्यक पीपीईको तयारी

बैंकिङ खबर । कोरोना लागेको आशंका गरिएका व्यक्तिलाई जाँच गर्नका लागि चिकित्सकलाई आबश्यक पर्ने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) बनाउनका लागि महाबरि पुन अघि सरेका छन् । उनले नेपालमै उत्पादन गर्नेगरी काम सुरु गरेका हुन् । उनलाइृ यो सामग्री बनाउन सरकारले स्वीकृति दिइसकेको छ । महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रद्धारा यसको उत्पादन हुने छ । पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) उत्पादन गर्न सरकारले सरकारले स्वीकृति दिएलगत्तै काम अघि बण्ेको हो । हालको लागि सुरुमा ५ सय थान पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) उत्पादन हुनेछन् । बुधबार नमूना पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) बनाएर मेडिकल काउन्सीलमा पेश गरिएकोमा सो को चेकजाँचपछि काउन्सिलले उत्पादनको स्वीकृति दिएको छ ।