बैंकिङ खबर । सरकारले नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तु वस्तु नागरिकका घरघरमै र्पुयाउन निर्देशन दिएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति निकालेर दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न निर्देशन दिएको हो ।
मंत्रालयले विज्ञप्ति मार्फत अत्यावश्यक खाद्यवस्तुका सबै स्टोर एवं बिक्रेताले आआफ्ना डेलिभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ । उपभोग्य वस्तुको डेलिभरी गर्दा महानगरपालिका, नगरपालिका तथा सम्बन्धित वडा कार्यालयलाई सहजीकरण गर्न मन्त्रालयले निर्देशन समेत दिएको छ ।
यस्तै, दैनिक उपभोग्य वस्तुको अभाव भए मन्त्रालयको ११४९ नम्बरमा फोन गरी सहयोग गरीदिन पनि मन्त्रालयले आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंक
दैनिक उपभोग्य वस्तु उपभोक्ताकै घर दैलोसम्म पुर्याउन गृहको निर्देशन
२०७६ चैत्र १३ गते

