March 26th, 2020

एनआरएन कोरियाले नेपाललाई दुई हजार कोरोना टेस्ट किट्स पठाउदैँ

बैंकिङ खबर । चीनको वुहान प्रान्तबाट बिश्वब्यापी बनेको कोरोना भाईरस ९कोभिड—१९० अहिले बिश्वकै चुनौतीको रुपमा देखा परेको छ । विश्वका शक्तिशाली देशहरु समेत यतिबेला डराइरहेका छन् । नेपाल पनि कोरोना संक्रमण बाट अछुत रहन सकेन । नेपालमा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएकोमा एक जना निको भइसकेका छन् भने दुईजना उपचाररत छन् ।
यसैक्रममा सरकारले कोरोना नियन्त्रणका लागि कोष स्थापना गरेको छ, र सरकारले सहयोग गर्न इच्छुकहरुलाई सरकारी कोषमै सहयोग गर्न आग्रह समेत गरेको छ । देश विदेशबाट सहयोग आउने क्रम पनि जारी छ । यसै बिच गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ ।
योजना अनुसार किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ ।   उक्त किट्स कोभिड– १९ को सङ्क्रमणको शङ्का भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ । किट्समा बिरामीको  र्र्याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्नेछ ।

हिजो मात्रै चीनको एक कम्पनीले पनि कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाल सरकारलाई सहयोगस्वरुप उपलब्ध गराएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]