कोरोना भाइरसको संक्रमणपछि बच्ने संभावना कति ? (एक अध्यन रिपोर्ट)

बैंकिङ खबर । संसारभरीमा कोरोना भाइरसद्धारा मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । चीनबाट सुरु भएको यो भाइरसको सबैभन्दा ठुलो हटस्पोट ईरान, दक्षिण कोरिया र सबैभन्दा बढी इटली रहेको छ । यस भाइरसद्धारा मर्नेहरुमा वृद्धहरुको संख्या अत्याधिक रहेको जनाइएको छ । तर प्रश्न यो उठ्छ कि कोरोनाकै संक्रमण बाटै कति जनाको ज्यान गइरहेको छ ? तर कोरोना भाइरसबाट संक्रमित भइसकेपछि कसैको बच्ने वा ज्यान जाने भन्ने कुरा अलग अलग कारणमा निर्भर हुन्छ । यस कारणमा संक्रमित व्यक्तिको उमर, लिंग, उसको सामान्य स्वास्थ्य र उ जुन देशमा रहन्छ त्यहाँको स्वास्थ्य स्थितीमा निर्भर रहन्छ ।

मृत्यु दर निकाल्न कति मुस्किल छ ?
कोरोना भाइरसबाट संक्रमण भइसकेपछि कतिको ज्यान जान सक्छ यो डाटा निकाल्न ज्यादै मुश्किल छ । यस्तो मामीलामा अक्सर भाइरसबाट संक्रमणको ज्यादातर मामिलामा स्वास्थ्य स्थिति कुन अवस्थामा पुगीसकेको छ भन्नेमा निर्भर रहन्छ । किनभने संक्रमित हुनेहरुको लक्षण एकदमै सामान्य हुन्छ जसको कारण पनि उक्त बिरामी डाक्टरसामु गईहाल्दैन । संसारभरमा अहिले कोरोना भाइरसद्धारा भएको मृत्युदर अलग अलग आइरहेको छ ।

इंपीरियल कलेजको शोध अनुसार, कोरोना भाइरसको अलग९अलग मृत्यु दर आउनुको कारण अलग९अलग देशको स्वास्थ्य स्थितीको सहजै जानकार भई नजÞरमा नआउनु र आउने खतराको बारे सचेत नहुनु हो ।यस्तो अवस्थामा संक्रमित हुने सबै व्यक्तिहरुको गणना हुदैँन र यसबाट जुन मृत्यु दर निक्लेर आउँछ त्यो सहि मृत्युदरको ज्यादा हुन आउँछ ।

संक्रमणकै दौरान मृत्यु
कुनै व्यक्ति संक्रमित भए पश्चात ऊ ठीक हुन या संक्रमणकै दौरान मृत्यु हुन समय लाग्दछ । अब अहिलेसम्म लक्षण समेत अगाडी नआएको कोही छ भने कम मृत्यु दर आकंलन गरीन्छ किनभने हाम्रो आकंलनमा मृत्यु हुनेको संख्या हुदैंन जसको अन्त्यमा यस भाइरसकै कारण मृत्यु हुन्छ । वैज्ञानिकहरुले सबै प्रश्न र सबुतका आधारहरुलाई एकत्रित गरी मृत्युदर निकाल्ने प्रयत्न गर्दछन् । उदाहरणको लागि वैज्ञानिकले एक फ्लाइटबाट आफ्नो देश फर्कने नागरीकहरुमा नजर राखि उनीहरुमध्ये बीरामी हुनेहरुबाट एक अनुपात निकाल्न सक्दछन् ।

वैज्ञानिकहरुले एक सानो समूहबाट, जस्तै फ्लाइटबाट फर्कनेहरुको समूहमा ध्यान केंद्रित गरी त्यसमा भएको भाइरसद्धारा संक्रमित हुन सक्ने हरुको अनुपात निकाल्दछन् । तर यस तवरको कोशिसले पाएको सबुतमा मामूली बदलाव पनि कोरोना भाइरससँग जोडिने ठुलो परिदृश्यलाई बदल्न ठुलो भुमिका निर्वाह गर्दछ । यदि चीनको कुनै प्रांतको मात्र आंकडा निकाल्ने हो भनें, जहां बाँकी चीनको भन्दा धेरै मृत्यु दर थियो । तब कोरोना भाइरसको मृत्युदर ज्यादै खराब देखिन्छ । यस्तोमा वैज्ञानिकहरुले मृत्यु दरको संभावित आंकड़ा दिन्छन् । तर यसबाट पनि सहि अकडा आउन कठिन छ किनभने यसमा मूख्य मृत्युदर पाइदैन ।

आम नागरीकलाई कति खतरा ?
कोरोना भाइरसको कारण वृद्ध र पहिले देखि नै बिरामीको मृत्यु हुने खतरा ज्यादा हुन सक्छ । चीनको विश्लेषणमा कोरोना भाइरसको कारण वृद्धहरुको मृत्यु हुनेकोे दर मध्य तथा युवा उमेरको तुलनामा दश गुणा ज्यादा रहेको थियो । ३० वर्ष भन्दा कम उमेरका व्यक्तिमा भाइरसद्धारा मृत्यु हुनेको दर सबैभन्दा कम रहेको थियो । यस्तो ४५०० मामलामा केवल ८ व्यक्तिको मृत्यु भएको थियो । यस्तै पुरुषहरुको मृत्यु दर महिलाहरुको तुलनामा ज्यादा रहेको थियो । यी सब कारण एक अर्कामा मिलेर काम गर्दछन् । र हरेक भौगोलिक क्षेत्रमा हर प्रकारका व्यक्तिहरुलाई कति जोखिम छ, यसको बारे हाल सम्म कुनै ठोस जानकारी छैन ।

कति जोखिम छ ?
यदि चीन, यूरोप या अफ्रीकामा बस्ने कुनै ८० वर्षीय वृद्धलाई कोरोना भाइरसबाट हुने पिडाको अंदाज लगाउने हो भने चीनमा बस्ने ८० वर्षीय वृद्ध नागरिकलाई यस भाइरसको ज्यादा खतरा हुन सक्छ । यस्तै बिरामी व्यक्तिको मेडिकल हालत कस्तो छ, यसमा पनि कस्तो ट्रीटमेंट गर्ने भन्ने कुरा निर्भर गर्दछ । यसका साथै उक्त बिरामी व्यक्ति बीमारी फैलन सक्ने कुन स्तरमा कतिसम्म संक्रमित भएका छन् त्यसमा पनि निर्भर गर्दछ । यदि महामारी यसरी नै फैलीदै जाने हो भने स्वास्थ्य स्थिति लगातार आएका संक्रमणको बिचमै रुमल्लीन पुग्दछ ।
किनभने कुनै समयमा कुनै स्थानमा एक सीमित संख्यामा मात्रै भेटिंलेटर र आईसीयू उपलब्ध हुनसक्छ ।

यो फ्लु भन्दा ज्यादा खतरनाक छ
हामीले कोरोना भाइरसको मृत्यु दरको तुलना फ्लुसँग गर्न सक्दैनौ किनभने हल्का ज्वरोको लक्षण हुँदा आम नागरीक डाक्टर सामु पुग्दैनौं । यस्तो अवस्थामा हामीले हरेक वर्ष फ्लु र अन्य नयाँ भाइरसको कारण कति संक्रमित भए भन्ने डाटा निकाल्न सक्दैनौं । तर फ्लुको कारण आज पनि जाडोमा ब्रिटेनमा कैयौंको मृत्यु हुने गरेको छ । ‘‘विश्व स्वास्थ्य संगठनको तर्फबाट यहाँहरुलाई एक सामान्य सुझाव अनुसार हात धुइरहनुहोस्, खोक्दा र हाच्छिउ गर्दा मानिसहरुबाट टाढा रही आफ्नो नाक, आँखा र मुखलाई नछुइनेगरी गरी सासबाट हुने सबै भाइरसबाट आफुलाइ बचाउन सक्नुहुन्छ ।” (एजेन्सीको सहयोगमा)