March 25th, 2020

चिनियाँ कम्पनीले नेपाललाई दियो कोरोना परीक्षण सामग्री

बैंकिङ खबर । चीनको एक कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाल सरकारलाई सहयोगस्वरुप उपलब्ध गराएको छ ।

चीनको ह्वा खथाई कम्पनीले आज बेइजिङस्थित नेपाली राजदूतावास मार्फत किट हस्तान्तरण गरेको हो ।उत्पादक कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले सहयोगस्वरुप ती सामग्री नेपाललाई निःशूल्क हस्तान्तरण गर्दै नेपाललाई छिट्टै कोरोनाको त्रासबाट मुक्त भएको हेर्न चाहेको बताएका थिए ।  प्रति टेस्टिङ उक्त किटले एकजनामा कोरोना भाइरस सम्बन्धी परीक्षण गर्न सकिने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]