अव रेमिट्यान्स होइन, कृषिमा लगानी गरेर युवा परिचालन गरौं

अशोक बहादुर टंडन / बिश्व कोरोना भाइरस को प्रभाबले आक्रान्त छ । हालसम्म हजारौंले ज्यान गुमाउनु परको छ भने लाखौ मानिस सङ्क्रमण बाट थलिएका छन । प्रत्यक्ष, अपत्यक्ष आम बिश्व भरिका नागरिकलाई यस्को ठुलो प्रभाव परेको छ । बिश्व का शक्तिशाली मुलुकको अर्थतन्त्र समेत आर्थिक ठुलो क्षती गुमाउनु पर्ने प्रक्षेपण गर्दै छन् । जस्ले रोजगारी अबसर गुम्ने खतरा हुदैछ , अतिआबस्यक खाधान्न अभाव जस्ता चिजको अभाव हुने देखिन्छ । खुल्ला बजार अर्थतन्त्रको प्रभाब स्वरुप रोजगारी, व्यापार, अध्यन लागि बिश्व कुनै पनि ठाउँमा जाने नेपाली प्रचलन वृद्धि भएको छ । जस्ले गर्दा बिप्रेषण प्रभावका कारण अर्थतन्त्र चलाएमान भएता पनि आधारभुत रुपामा अर्थतन्त्र जग बलियो हुन सकेन बिश्व बजारमा आएको हरेक प्रभाव ले नेपालको अर्थतन्त्र हल्लीरह्यो । अहिले कोरोना प्रभावका कारण पनि नेपालीको रोजगार गुम्ने खतरा देखिन्छ । यस्तो प्रभाव बाट बच्च वा युबा जनशक्ति ब्यबस्थापन गर्न कृषिपर्यटन मा जोड्नु पर्ने बेला आएको छ ।कृषिपर्यटन एकीकृत बिकास योजनाले कृषि उत्पादन सुदृढीकरण र बजारमा प्रभाव पार्नु का साथै प्राबिधिक बिषय तथा कृषि सुचनाको आदान प्रदान हुन्छ । कृषि पर्यटनको एकीकृत बिकास योजनाले पर्यटन क्षेत्र बिस्तार भइ मौलिक नेपाली सस्कृति र सामाजिक सद्भाव बढने प्रचुर सम्भावना रहन्छ । कृषि पर्यटन नयाँ बिदेशी नयाँ प्रबिधि र नयाँ युबा कृषको बीचमा उस्साह र नयाँ प्रबिधिकोप पक्ष को आदानप्रदान प्रदान भइ उत्पादनमा बिशिस्टता, प्रशोधन मा नबिनता, स्वादमा मौलिकता , उपभोगमा गुणस्तरीयता स्थानिय बजार पर्बद्न मा सहयोग पुग्नु का साथै ब्यबसाय स्थायित्व हुन जान्छ ।होम स्टे, फर्म स्टे, अर्गानिक स्टे ले पर्यटक आकर्षक गर्न सकिन्छ । स्थानीय स्रोतलाई उपभोग वृद्धि गरि आम्दानी गर्न सकिन्छ ।नेपाल जस्तो पर्यटन को प्रचुर सम्भावना भएको देशमा कृषिपर्यटन सङ्ग सगै लान सके लाखौं युवाहरूलाई रोजगारी दिन र देशको अर्थतन्त्र बलियो जग बनाउन गार्हो पर्ने थिएन ।जस्तो आर्थिक चुनौती सामाना गर्न सकिन्थ्यो, अहिले संकट बेला आएको संकट बेला निराश हुने मात्र होइन आउने चुनौती कसरी सामाना गर्दै अगाडि बढने भन्ने शिक्षा लिनु आबस्यक समय हो । आम सरोकारवाला वा युवाहरूले कृषिपर्यटन लाई जोड दिएर जीवन स्तर राम्रो बनाउने बेला आएको छ ।