Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिदा, संक्रमितको संख्या ३ पुग्यो

२०७६ चैत्र १२ गते

बैंकिङ खबर । आज कोरोना भाइरसको संक्रमण थप एक व्यक्तिमा पोजेटिभ देखिएको पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ३ पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले गरेको नमुना परीक्षणमा थप एकजनामा पोजेटिभ देखिएको बताइएको छ ।

सर्वप्रथम चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् भने फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको थियो । त्यस्तै, दुबईबाट आएका ३२ वर्षीय युवामा समेत आज कोरोना संक्रमण पोजेटिभ देखिएको हो । ती युवती र आज कोरोना पोजेटिभ देखिएका युवा दुबैको हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

हालसम्म कोरेना टेस्टका लागि ६८७ जनाको नमुना परीक्षण गरिसकिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाको रिपोरर्ट पोजेटिभ आएकोे छ ।

Ad