March 25th, 2020

एटीएम नभएका ठाउँमा ११ बजेदेखि १ बजेसम्म बैंकिङ सेवा दिन रााष्ट्र बैंकको निर्देशन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले एटीएम नभएका ठाउँहरुमा विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंकिङ शाखा संचालन गरी सेवा उपलव्ध गराउन बैंकवित्तहरुलाई निर्देशन गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालद्धारा जारी विज्ञप्तिमा क, ख, ग र घ बर्गका बैंक वित्तलाई यस्तो निर्देशन दिइएको हो । एटीएम उपलव्ध नभएका ठाउँहरुमा विहान ११ बजेदेखि १ दिउँसो बजेसम्म शाखा खोल्न भनिएको छ । नागरिकलाई आबश्यक पर्ने नगद र न्यूनतम बैंकिङ सेवा प्रदान गर्न भन्दै विज्ञप्तिमा विद्युतीय माध्ययमबाट हुने कारोवारलाई जोड दिन र एटीएममा प्रयाप्त रकम जम्मा गर्न भनिएको छ । बैंक वित्तले आफ्ना खुल्ने शाखाको बारे विवरण सूचि तयार गरी हरेक बैंकको शाखामा टाँस गरेर सम्पर्क व्यक्तिको नाम र फोन नम्बर आफनो वेवसाइडमा पनि राख्न निर्देशन दिएको छ । यसबाहेक भन्सारबाट प्राप्त हुने चेक क्लियरिङको व्यवस्था मिलाउन एवं अत्यावश्यक बस्तुहरुको आपूर्तिलाई सुनिश्चितता प्रदान गर्न तथा ड्राफ्ट, टिटि, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबारहरु सञ्चालन गर्न निर्देशन दिइएको छ । राष्ट्र बैंकले “घ” वर्गका वित्तीय संस्था अर्थात लघुवित्तलाई समेत सकेसम्म शाखा खोलेर सेवा दिन निर्देशन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]