बैंकिङ खबर । सरकारले कोरोना भाइरस विरुद्ध राहतको लागि विभिन्न संघ संस्थाले खोलेका राहत कोष बन्द गर्न निर्देशन दिएको छ ।
सरकारले यसरी जम्मा भएको पैसा दुरुपयोग हुन सक्ने र सम्बन्धित ठाउँमा पुर्याउन असहज हुन सक्ने भन्दै कोरोनाविरुद्ध लड्नका लागि जथाभावी कोष नबनाउन निर्देशन दिएको हो । सरकारले एकद्धार नीति अपनाउँदै सहयोग गर्न चाहनेले सरकारी कोषमा पैसा बुझाउनुपर्ने बताएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारद्धारा गठित उच्चस्तरीय समितिको आज मंगलबार बसेको बैठकले यस्तो निश्कर्ष निकाल्दै सरकारी कोषमै सहयोग गर्न आग्रह गरेको हो ।
समितिले विभिन्न संघ संस्थाबाट बनाईसकीएका कोषको रकम एक साताभित्र सरकारी कोषमा जम्मा गर्न र अब आउदाँ दिनमा सरकारी कोषमा मात्र सहयोग जम्मा गर्न अनुरोध गरेको छ ।
