March 24th, 2020

कोरोना भाइरसको उपचार र परीक्षणका सामग्री चिनबाट ल्याउने तयारी

बैंकिङ खबर । कोरोना भाइरसको उपचार र परीक्षणका लागि आबश्यक सामग्री चिनबाट ल्याउने तयारी भएको छ । परराष्ट्र मन्त्रालयले यसबारेमा चिन सरकारसँग छलफल थालेको बताएको छ । कुन कुन सामग्री कसरी ल्याउने भन्नेबारे छलफल भइरहेको पराराष्ट्र मन्त्रालयले जनाएको छ । जसअनुसार उपचार तथा परीक्षणका लागि आबश्यक सम्पूर्ण सामग्रीहरू ल्यइने छ । चीनले नेपाललाई कोरोनाविरूद्ध लड्न आबश्यक सहयोग गर्ने बताएपछि सरकारले त्यसको प्रकृया सुरु गरेको हो । नेपाललाई आबश्यक पर्ने सामग्रीको लिस्ट तयार गर्ने कार्य पनि जारी रहेको बताइएको छ । यसअघि काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई आबश्यक परे कोरोना रोकथामको सम्पूर्ण सहयोग गर्न चिन तयार भएको बताएकी थिइन् ।