March 23rd, 2020

संक्रमणकालीन समयमा वित्तीय व्यबस्थापनको खाँचो

अशोक बहादुर टंडन
यति बेला कोरोना भाइरस प्रभावको कारण विश्व जगतको जनजिवन अप्ठ्यारोमा पुगेको छ । हाम्रो जस्तो अविकसित परनिर्भर मुलुकका लागि चुनौतिको सामना गर्नु बाहेक अन्य विकल्प छैन । रेमिट्यान्स निर्भर अर्थव्यवस्थामा विश्व बजारमा आएको मन्दिले वित्तीय सन्तुलन गर्न गारो छ । मानिसहरुले भय र त्रासका कारण आवश्यक्ता भन्दा बढी वस्तु मौज्दात गर्ने, बैंक निक्षेप निकाली नगद मौज्दात घरमा राख्ने प्रवृतिले वित्तीय असन्तुलन कायम हुँदा अर्थव्यवस्थामा झन संकट आइपर्छ । यस्तो अवस्थामा सुरक्षित रहि उच्च मनोवलका साथ आम जिवन बनाउनु सकेसम्म आम नागरीकको कर्तव्य हो । नेपाल कृषि प्रधान देश हो । यो बेलामा आन्तरीक उत्पादनको वस्तु उपभोग गर्ने, विलासीताको बस्तुमा पैसा खर्च नगर्ने, सुविधा कम उपभोग गर्ने, पेट्रोलियम पदार्थबाट लिने सुविधाको सकेसम्म कम प्रयोग गर्ने र अत्यावश्यक वस्तु खरीद गर्नका लागि बैंक वित्तीय संस्थाबाट पैसा निकाल्ने आफु पनि सकारात्मक हुने अरुलाई पनि सकारात्मक हुन सिकाउने, वा भयभित हुन बाट जोगाउने बेला हो । देशको अर्थतन्त्रमा परेको क्षति मूल्याङ्कन सरकारले गर्दछ । तदअनुरुप क्षति मूल्याङ्कन गरी अवश्य संबोधन गर्नेछ । हामिले आम नागरीकका तर्फबाट गर्न सक्ने सानो सहयोग र यसले वित्तीय संन्तुलन पार्ने सहयोगका लागि आफ्नो ठाउँबाट जे जति जसरी सहयोग गर्न सकिन्छ गरौं । सुरक्षित रही उच्च मनोबलका साथ रहौं ।