Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना रोकथाम कोषमा बीमा समितिको २ करोड सहयोग

२०७६ चैत्र १० गते

बैंकिङ खबर । सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक उपचार र उपकरणको व्यवस्था गर्न ५० करोड रुपैयाँ राखेर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेको छ । जसमा विभिन्न व्यक्तिगत र संस्थागत सहयोग प्राप्त भइरहेका छन् । सरकारले कोरोना भाइरस सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि कोषमा रकम जम्मा गर्न अनुरोध गरेको हो । जस अनरुप थुप्रै सहयागी हातहरुले सहयोग उपलब्ध गराइरहेका छन् । यसै क्रममा उक्त राहत कोषमा बीमा समितिले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको आज बसेको बैठकले २ करोड रुपैंया दिने निर्णय गरेको हो ।थप सहयोग पनि प्राप्त हुने क्रममा रहेको छ । कोरोना नियन्त्रणका लागि आवश्यक उपचार र उपकरणका व्यवस्था गर्ने काममा उक्त रकम खर्च हुनेछ । कोरोना रोकथामका लागि स्थानीय तहहरुले पनि आआफ्नो तवरबाट कदम चालिरहेका छन् ।

Ad