कामना विकास बैंकले १२ जना कर्मचारी माग गरेको छ । बैंकले प्रशिक्षार्थी तथा जुनियर एसिस्टेन्टमा ५ जना, एसिस्टेन्ट तथा सिनियर एसिस्टेन्टमा ३ जना, सुपरभाइजरमा २ जना र जुनियर अफिसरमा २ जना माग गरेको हो । पोखरामा केन्द्रिय कार्यालय रहेको बैंकले जुनियर एसिस्टेन्ट दमौली, चितवन र नवलपरासी जिल्लाका लागि, एसिस्टेन्ट पोखराका लागि, सुपरभाइजर डुम्रे र पोखराका लागि र जुनियर अफिसर पोखराका लागि माग गरेको हो ।
अंग्रेजी र नेपाली भाषा लेखन र बोलीमा पोख्त र कम्प्युटरसम्बन्धि ज्ञानलाई सबै पदका लागि अनिवार्य गरेको छ । यसबाहेक जुनियर एसिस्टेन्टका लागि +२ पास गरेको हुनुपर्ने छ । साथै, व्यवस्थापन संकायतर्फ अर्थशास्त्र विषयमा स्नातक गरेकालाई प्राथमिकतामा राखिने बताइएको छ । त्यस्तै, एसिस्टेन्ट, सुपरभाइजर र जुनियर अफिसरका लागि व्यवस्थापन संकायतर्फ अर्थशास्त्र विषयमा स्नातक गरेको हुनुपर्ने छ । साथै, एसिस्टेन्टका लागि कम्तीमा २ वर्ष, सुपरभाइजरका लागि ३ वर्ष र जुनियर अफिसरका लागि ४ वर्ष वित्तीय संस्थामा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने बताइएको छ ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले ७ जुलाई अर्थात् असार २३ गतेसम्ममा नागरिकताको फोटोकपि, वायोडाटा, निवेदन र एसएलसीदेखि माथिको प्रमाणपत्रको साथमा एक कपि पासपोर्ट साइजको फोटो jobinbank@yahoo.com मा इमेल गर्नुपर्नेछ । साथै, बैंकको केन्द्रिय कार्यालयमा सीधै सम्पर्क गर्न पनि सकिनेछ ।