बैंकिङ खबर । सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक उपचार र उपकरणको व्यवस्था गर्न ५० करोड रुपैयाँ राखेर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेको छ । जसमा विभिन्न व्यक्तिगत र संस्थागत सहयोग प्राप्त भइरहेका छन् ।
कोष स्थापनाको निर्णय गर्नेवित्तीकै प्रधानमन्त्री केपीशर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले एक महिनाको तलब दिने घोषणा थिए भने नेपाल बैंकले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।
कोषमा राष्ट्रिय सभाअध्यक्ष गणेश तिमल्सिनाले एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गरेका छन् भने कृषि विकास बैंकले एक करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
डिल्लीबजार कारागारका कैदीबन्दीहरुले समेत कोरोणा कोषमा ४० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । कारागार प्रशासन, आन्तरिक प्रशासन र सम्पूणै कैदीबन्दी मिलेर उक्त सहयोग गर्न लागेका हुन् ।
समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदीप यादवले पनि आफ्नो एक महिनाको तलव सरकारले गठन गरेको कोषलाई दिने घोषणा गरेका छन् ।
थप सहयोग पनि प्राप्त हुने क्रममा रहेको छ । कोरोना नियन्त्रणका लागि आवश्यक उपचार र उपकरणका व्यवस्थ ागर्ने काममा उक्त रकम खर्च हुनेछ । कोरोना रोकथामका लागि स्थानीय तहहरुले पनि आआफ्नो तवरबाट कदम चालिरहेका छन् ।