March 23rd, 2020

एकजना नेपाली महिलामा कोरोना संक्रमण भेटियो : स्वास्थ्य मन्त्री ढकाल

बैंकिङ खबर । फ्रान्सबाट कतार हुँदै नेपाल भित्रिएकी एक विद्यार्थी नेपाली महिलालाई कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चैत ४ गते नेपाल आएकी ती व्यक्तिको रिपोर्ट आइतबार साँझ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि परीक्षण गर्दा कोभिड १९ को संक्रमण देखिएको मन्त्री ढकालले बताए । नीजिको सम्पर्कमा आएका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ ।