बैंकिङ खबर । वित्तीय क्षेत्रले सरकारलाई आर्थिक सहयोग गर्न थालेका छन् । यसैक्रममा नेपाल बैंकले १ करोड सहयोग गर्ने घोषणा गरेको छ । नेपाल बैंकले विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि मानवीय विपतको अबस्थालाई मध्यनजर गरी उक्त सहयोग घोषणा गरेको हो । विपतको घडीमा देशमा कोरोनाको संक्रमण फैलन नदिन एवं रोकथाम र नियन्त्रण गर्न सरकारको पहलकदमीलाई साथ दिन उक्त सहयोग रकम घोषणा गरेको बैंकले जनाएको छ । संभावित जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी उक्त रकम प्रदान गर्ने बैंकको सञ्चालक समितिको बैठकबाट निर्णय भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । गत २०७२ सालमा भुकम्पका बेला पनि बैंकिङ क्षेत्रबाट राहात संकलन भएको थियो ।
तथापि यो विपत फरक छ । कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्दै जाने हो भने आम नागरिकलाई जीविकोपार्जनमा समेत सकस पर्ने छ । त्यसबाहेक उपचार तथा भइपरि आउने समस्याहरु थप चर्को हुन सक्ने अबस्था देखिन्छ । यसको रोकथाम तथा नियन्त्रणका लागि वित्तीय क्षेत्र तथा अन्य व्यक्ति तथा संघसंस्थाबाट हात खोलेर सहयोग गर्नुपर्ने आबश्यकता देखिएको छ ।
नेपाल राष्ट्र बैंक
संक्रमण नियन्त्रणमा राहात घोषणा सुरु, नेपाल बैंकले गर्यो सुरुवात
२०७६ चैत्र ९ गते