बाणिज्य बैंकहरुसँग सर्वसाधारणको १६ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । २९ बाणिज्य बैंकसँग १५ खर्ब ७३ अर्ब स्थानीय रुपैयाँ र १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको निक्षेप जम्मा भएको हो ।
बैंकहरुले निक्षेप संकलनका लागि ब्याजमा स्किम ल्याएका कारण बैंकमा बचत गर्न सर्वसाधारणहरु आकर्षित भएका हुन् । साथै, पछिल्लो समय रेमिट्उान्स पनि बढिरहेकाले बैंकहरुमा निक्षेप जम्मा भएको हो ।
चालू आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्ष सुरु हुनै लाग्दा बैंकहले कर्जा लगानी भने कम गर्न थालेका छन् । पछिल्लो समयमा कर्जा विस्तारको दर घटेको पाइएको छ । हालसम्म बैंकहरुको कर्जा लगानी १३ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ ।


