बैंकिङ खबर । नेपालको विदेशी मुद्रा विनिमय बजारमा अमेरिकी डलरको डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी १ डलर को खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ ।
हिजो विहिबार भने १ डलरकोे खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा रहेको थियो ।
