July 4th, 2016

तोलाको ५८ हजार ९ सय रुपैयाँ पुग्यो सुनको भाउ चाँदी पनि महँगियो

goldसाताको दोस्रो दिन पनि सुनको भाउ बढेको छ । आइतबार तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ सोमबार एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ५८ हजार ९ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ६ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, आइतबार छापावाल सुनको भाउ तोलाको ५८ हजार ८ सय रुपैँया थियो भने तेजाबी सुनको भाउ तोलाको ५८ हजार ५ सय ५० रुपैयाँ थियो । 

सुनको भाउ सँगै चाँदी पनि सोमबार तोलाको १० रुपैयाँका दरले महंगीएको छ । महासंघका अनुसार आइतबार तोलाको ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार चाँदी तोलाको ९ सय रुपैयाँका दरले कारोबार भइरहेको छ । 

बेलायतले युरोपियन युनियन छोड्ने भएपछि विश्व सुन बजार नै उकालो लागिरहेको छ । जनमत संग्रहपछिका दिनहरुमा सुनको भाउ लगातार बढिरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतिऔंस १ हजार ३३२.४७ डलरमा कारोबार भएको थियो ।