March 16th, 2020

वित्तीय क्षेत्रमा रोजगारीको अवसर : प्रवीणतादेखि स्नातकसम्मलाई जागीर

बैंकिङ खबर । विभिन्न वित्तीय संस्थाहरुले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । दुई वटा लघुवित्त, दुई वटा विकास बैंक र एउटा पुनर्विमा कम्पनीले विभिन्न पदका लागि दरखास्त आह्वान गर्दै भ्याकेन्सी खुलाएका छन् ।

सिन्धु विकास बैंकले केही संख्यामा सुपरभाइजर वा सिनियर अफिसर लेभलका ब्रान्च मेनेजर र माइक्रोफाइनान्स हेड मागेको छ भने एसिस्टेन्ट वा सुपरभाइजर लेभलका रिलेसनसिप मेनेजर मागेको छ । तीन वटै पदका लागि स्नातक उतीर्ण भएको हुनुपर्छ । रिलेसनसिप मेनेजरका लागि एक वर्ष, ब्रान्च मेनेजरका लागि दुई वर्ष र माइक्रोफाइनान्स हेडका लागि तीन वर्षको अनुभव मागिएको छ । त्यस्तै, बैंकले माइक्रोफाइनान्सका लागि जुनियर एसिस्टेन्ट मागेको छ । जसका लागि व्यवस्थापन संकायमा प्रवीणता तह उतीर्ण हुनुपर्नेछ । स्नातक उतीर्ण र अनुभवीलाई प्राथमिकता दिइनेछ । त्यस्तै, केही संख्या स्नातक उतीर्ण जुनियर एसिस्टेन्ट पनि मागिएको छ । आवेदन अनलाइनबाट दिन सकिनेछ । आवेदन दिने म्याद चैत्र १७ गतेसम्म रहेको छ ।

राष्ट्रिय स्तरको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जुनियर अफिसर, अफिसर वा सिनियर अफिसर लेभलका ब्रान्च मेनेजर मागेको छ, जसका लागि मेनेजमेन्टमा स्नातक र दुई वर्षको अनुभव चाहिन्छ । त्यस्तै, केही संख्यामा ट्रेनी एसिस्टेन्ट मागेको छ । यसका लागि प्रवीणता तह उतीर्ण हुनुपर्छ । स्नातक उतीर्णलाई प्राथमिकता दिने पनि स्पष्ट पारिएको छ । इच्छुक र योग्य व्यक्तिलाई चैत्र १६ गतेभित्र बैंकको केन्द्रीय कार्यालयको ठेगानामा निवेदन, वायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपिहरु पठाउन आह्वान गरिएको छ । बैंकले यसअघि मेनेजमेन्ट ट्रेनीका लागि खुलाएको भ्याकेन्सीको म्याद भोली (मंगलबार) सकिँदैछ ।

छिमेकी लघुवित्तले कम्प्युटर इन्जिनियरिङमा स्नातक उतीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा तीन वर्ष काम गरेको एक जना आठौँ तहको अधिकृतका साथ केही सातौँ तहका अधिकृत र केही चतुर्थ तहका सहायक ईकाई प्रबन्धक मागेको छ । सातौँ तहमा बैंकले एक जना कानुन संकायमा स्नातक उतीर्ण उम्मेदवार मागेको छ भने केही बीबीए गरेका उम्मेदवार मागेको छ । त्यस्तै, केही सीए वा मेनेजमेन्टमा स्नातक उतीर्ण सेमि क्वालिफाइड सीए मागेको छ । अनुभव भएकालाई प्राथमिकता दिने पनि खुलाइएको छ । सहायकका लागि प्रविणता उतीर्ण भए पुग्छ तर ताप्लेजुङ, पाँचथर, बागलुङ, सिन्धुपाल्चोक, सोलुखुम्बु वा खोटाङ जिल्लाबाट नागरिकता पाएको हुनुपर्छ । आवेदन दिने म्याद चैत्र २५ गतेसम्म रहेको छ । आवेदन दिनका लागि तल दिइएको ठेगानामा सम्पर्क गर्नुपर्नेछ ।

वोमी माइक्रोफाइनान्सले सहायक अधिकृत श्रेणीका केही शाखा प्रमुख र केही लेखापाल मागेको छ । दुवै पदका लागि स्नातक गरेको हुनुपर्छ । शाखा प्रमुखको हकमा कनिष्ठ अधिकृत श्रेणीमा भए स्नातक र दुई वर्षको अनुभव वा प्रवीणता तह उतीर्ण र पाँच वर्षको अनुभव हुनुपर्नेछ भने वरिष्ठ सहायक वा सहायक भए स्नातक र एक वर्ष अनुभव वा प्रवीणता र तीन वर्षको अनुभव चाहिन्छ । लेखापालका लागि व्यवस्थापन संकायम स्नातक र दुई वर्षको अनुभव मागिएको छ । सीए फर्ममा काम गरेकालाई प्राथमिकता दिइनेछ । लघुवित्तले एक जना सवारी चालक पनि मागेको छ । सरका लागि कक्षा आठ पास र ख वर्गको सवारी चालक अनुमतीप्राप्त हुनुपर्छ । आवेदन दिने म्याद चैत्र १५ गतेसम्म छ । आवेदन फारम संस्थाको वेभसाइटमा उपलब्ध छ ।

नेपाल पुनर्बीमा कम्पनीले दुई जना नायब महाप्रबन्धक, दुई जना प्रबन्धक, पाँच जना सह प्रबन्धक, दुई जना उपप्रबन्धक, आठ जना सहायक प्रबन्धक र दुई जना वष्ठि सहायक मागेको छ । आवेदन दिने म्याद चैत्र २० गतेसम्म छ । दोब्बर दस्तुरमा चैत्र २७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन फारम कम्पनीको वेभसाइटमा उपलब्ध छ । फारम कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा बुझाउनुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]