बैंकिङ खबर । नेपाल बैंकले केही पदमा कर्मचारी माग गरेको छ । काठमाडौँस्थित प्रधान कार्यालयमा दुई जना र प्रदेश नं। २, गण्डकी प्रदेश, प्रदेश नं। ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशस्थित प्रादेशिक कार्यालयहरुमा १।१ जना सुरक्षा सुपरभाइजर (वरिष्ठ) सहायक सरहका लागि भ्याकेन्सी खुलाएको छ । बैंकले २ वर्षका लागि करारमा कर्मचारी नियुक्त गर्न लागेको हो । चैत्र १२ गतेभित्र सेनाको सुवेदार, प्रमुख सुवेदार, मानार्थ उपसेनानी वा सो सरहको पदबाट निवृत्तिभरणमा अवकाश पाएको पाँच वर्ष ननाघेको र उमेर ५३ वर्ष ननाघेको उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको छ ।