वित्तीय क्षेत्रमा रोजगारीको सुनौलो अवसर : आधा दर्जन बढीमा भ्याकेन्सी

बैंकिङ खबर । वित्तीय क्षेत्रमा करिअर बनाउन चाहनेहरुका लागि ठूलो अवसर खुलेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न पदका लागि भ्याकेन्सी खुलाएका छन् । अनुभव नभएकाहरुका लागि अनुभव बटुल्ने अवसरका साथै अनुभवीहरुलाई करिअर बनाउने सुनौलो अवसर रहेको छ ।

पोखरा फाइनान्सले केही सुपरभाइजर वा जुनियर अफिसर, एसिस्टेन्ट वा सिनियर एसिस्टेन्ट र केही जुनियर एसिस्टेन्ट मागेको छ । तीन वटै पदका लागि कम्तीमा मेनेजमेन्ट वा अर्थशास्त्रमा स्नातक उतीर्ण गरेको हुनुपर्छ । सुपरभाइजर वा जुनियर अफिसरका लागि पाँच वर्ष र एसिस्टेन्ट वा सिनियर एसिस्टेन्टका लागि तीन वर्षको अनुभव मागिएको छ । आवेदन दिने म्याद चैत्र १० गतेसम्म रहेको छ ।

घरेलु लघुवित्तले केही संख्यामा बरिष्ठ सहायक वा सहायक लेभलको शाखा प्रबन्धक र कनिष्ठ सहायक वा प्रशिक्षार्थी मागेको छ । शाखा प्रबन्धकका लागि प्रवीणता उतीर्ण र दुई वर्षको कार्यानुभव मागिएको छ । प्रशिक्षार्थीका लागि भने एसएलसी पास भए पुग्छ र अनुभव पनि चाहिँदैन । आवेदन दिने म्याद चैत्र ७ गतेसम्म रहेको छ ।

सिभिल लघुवित्तले कनिष्ठ अधिकृत, व्यवस्थापन प्रशिक्षार्थी, वरिष्ठ सहायक वा सहायक र कनिष्ठ सहायक लेभलका कर्मचारीहरु मागेको छ । कनिष्ठ अधिकृत, व्यवस्थापन प्रशिक्षार्थीका लागि स्नातक, वरिष्ठ सहायक वा सहायकका लागि प्रवीणता उतीर्ण वा एसएलसी उतीर्ण गरी दुई वर्षको अनुभव र कनिष्ठ सहायकका लागि एसएलसी उतीर्ण हुनुपर्नेछ । कनिष्ठ अधिकृतका लागि दुई वर्षको अनुभव पनि चाहिन्छ । आवेदन दिने म्षद चैत्र ७ गतेसम्म रहेको छ ।

नेपाल बैंकले काठमाडौँस्थित प्रधान कार्यालयमा दुई जना र प्रदेश नं. २, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशस्थित प्रादेशिक कार्यालयहरुमा १।१ जना सुरक्षा सुपरभाइजर (वरिष्ठ सहायक सरह)का लागि भ्याकेन्सी खुलाएको छ । बैंकले २ वर्षका लागि करारमा कर्मचारी नियुक्त गर्न लागेको हो । चैत्र १२ गतेभित्र सेनाको सुवेदार, प्रमुख सुवेदार, मानार्थ उपसेनानी वा सो सरहको पदबाट निवृत्तिभरणमा अवकाश पाएको पाँच वर्ष ननाघेको र उमेर ५३ वर्ष ननाघेको उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको छ ।

ग्रामीण विकास लघुवित्तले एक जना नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मागेको छ । सीए वा व्यवस्थापन, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, अर्थशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून विषयमा स्नातक उतीर्ण र पाँच वर्षको कार्यानुभव भएका उम्मेदवारबाट दरखास्त आह्वान गरिएको छ । आवेदन दिने म्याद चैत्र ६ गतेसम्म रहेको छ ।

शाइन रेसुंगा डेभलपेमेन्ट बैंकले केही संख्यामा मेनेजमेन्ट ट्रेनी मागेको छ । एमबीए वा एमबीएसमा कम्तीमा जीपीए २.८० वा दोस्रो श्रेणीमा उतीर्ण व्यक्तिहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिने म्याद चैत्र ४ गतेसम्म रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले पनि आवेदन दिने अन्तिम म्याद चैत्र ४ गते राखी एक जना कम्लायन्स डिपार्टमेन्ट हेड एवम् केही संख्यामा ब्रान्च मेनेजर, रिलेसनसिप अफिसर वा मेनेजर र अपरेसन इन्चार्ज मागेको छ । कम्प्लायन्स हेडका लागि स्नातकोत्तर उतीर्ण वा स्नातक उतीर्ण सीए मागिएको छ । अन्य पदका लागि स्नातक उतीर्ण भए पुग्छ । कम्लायन्स डिपार्टमेन्ट हेड, ब्रान्च मेनेजरका लागि चार वर्ष र अन्यका लागि तीन वर्षको अनुभव मागिएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले एक जना डेपुटी सीईओ मागेको छ । व्यवस्थापन, अर्थशास्त्र, फाइनान्स वा तथ्यांकशास्त्रमा स्नातक उतीर्ण भई वित्तीय क्षेत्रको व्यवस्थापकीय तहमा पाँच वर्ष काम गरेको अनुभवी व्यक्तिलाई दरखास्त दिन आह्वान गरिएको छ । आवेदन दिने म्याद यही फागुन ३० गतेसम्म मात्र रहेको छ ।

One thought on “वित्तीय क्षेत्रमा रोजगारीको सुनौलो अवसर : आधा दर्जन बढीमा भ्याकेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *