July 3rd, 2016

तोलाको ५८ हजार ८ सय पुग्यो सुनको भाउ

goldसाताको पहिलो दिन सुन महँगिएको छ । गत साताको शुक्रबार तोलाको ५ सय रुपैयाँका दरले बढेको सुनको भाउ आइतबार तोलाको ३ सय रुपैयाँका दरले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ५८ हजार ८ सय रुपैयाँ र तेजावी सुन तोलाको ५८ हजार ५ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ५८ हजार ५ सय रुपैयाँ थियो भने तेजावी सुनको भाउ तोलाको ५८ हजार २ सय ५० रुपैयाँ थियो । 
 
सुनको भाउसँगै चाँदीको भाउ पनि आइतबार २० रुपैयाँले बढेको छ । शुक्रबार तोलाको ८ सय ७० रुपैयाँका दरले कारोबार भएको चाँदी आइतबार तोलाको ८ सय ९० रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।