बैंकिङ खबर । भारतको बैंकिङ क्षेत्र लामो समयदेखि खराब कर्जाको चपेटामा फसिरहेका छन् । थुप्रै पैयासका वावजुद पनि खराब कर्जाको अवस्थामा सोचेअनुरुप सुधार आउन सकेको छैन । विगत २० वर्षको तथ्यांक हेर्दा सन् १९९९ मा भारतका बैंकहरुको खराब कर्जा सबैभन्दा धेरै पुगेको थियो । सो वर्ष बैंकहरुको खराब कर्जा १४.७ प्रतिशतसम्म पुगेको थियो । त्यसयता, सबैभन्दा थोरै भने सन् २०११ म थियो । सो वर्ष खराब कर्जा २.३ प्रतिशत थियो ।
त्यस्तै, सन् २०१८ मा ११.२ प्रतिशत रहेको खराब कर्जा २०१९ को सुरुवातमा घटेको भएता पनि अन्तिममा झन्डै १० प्रतिशत पुग्यो । २०२० को सुरुवातमा पनि खराब कर्जामा सुधार हुन सकेको छैन । यस वर्षको अन्त्यसम्ममा खराब कर्जा अझै बढ्न सक्ने अनुमान केन्द्रीय बैंकले नै गरेको छ ।
स्टेट बैंकमा खराब कर्जाको मात्रा बढी रहेको छ । २०१९ मा १२.७ प्रतिशत रहेको यस्तो कर्जा २०२० मा १३.२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । निजी क्षेत्रका बैंकहरुको निष्कृय कर्जा ३.९ प्रतिशतबाट ४.२ प्रतिशत पुग्ने अनुमान छ । विदेशी बैंकहरुमा खराब कर्जा कम रहेका छ । २०१९मा यस्ता बैंकहरुमा २.९ प्रतिशत खराब कर्जा छ । २०२० मा यस्तो कर्जा ३.१ प्रतिशत पुग्ने अनुमान छ ।