बैंकिङ खबर । अब सुन बैंंकमा राखेर व्याज पाइने भएको छ । नगद निक्षेपकै रुपमा सुन बैंकमा राख्न मिल्ने छ । नेपाल राष्ट्र बैंकले सुन निक्षेपमा राख्ने मौद्रिक नीतिको व्यवस्था कार्यान्वयन गर्न बैंकहरुलाई निर्देशन दिएको हो । बिहीबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले बैंकहरुलाई कार्यविधि बनाएर सुन निक्षेपमा राख्न निर्देशन दिएको छ । सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी ९९५ फिटनेसको सुन मात्रै बैंकमा राख्न सकिने परिपत्रले उल्लेख गरेको छ । सरकारले बजेटमार्फत र राष्ट्र बैंकले मा्रद्रिक नीति मार्फत सुनलाई बैंकमा निक्षेपको रुपमा जम्मा गर्न सकिने उल्लेख छ । तर व्यबहारिक रुपमा लागु गर्न सकिएको अबस्था थिएन । यो योजना कार्यान्वयन गराउन राष्ट्र बैंकले यस्तो परिपत्र जारी गरेको हो । न्यूनतम् २५ ग्राम परिमाणको सुनलाई निक्षेपको रुपमा राख्न सकिने र हरेक बैंकले आफ्नो कुनै पनि शाखाबाट यस्तो सुविधा उपलव्ध गराउनुपर्ने छ । यो सुविधा वाणिज्य बैंकहरुले प्रदान गर्ने छन् । सुन निक्षेपमा राख्न बैंकहरुले नीति तथा कार्यविधि बनाएर सञ्चालक समितिबाट पारित गराई लागू गर्नुपर्ने हुन्छ ।
नेपाल राष्ट्र बैंक
अब नगद सरह बैंकमा सुन राख्न सकिने, चलनचल्तीको व्याज भुक्तानी पाइने
२०७६ फाल्गुन २२ गते