February 20th, 2020

ग्रामीण विकास लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण

बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले संस्थामा आवद्ध रही विनाधितो लघुव्यवसाय कर्जा लिई व्यवसाय सञ्चालन गरिरहेका ग्राहकहरू मध्ये असमायीक मृत्यु भएका ३ जना ऋणी सदस्यहरूको परिवारलाई बीमाको क्षतिपूर्ति र किरीया खर्च वापतको रकम हस्तान्तरण गरेको छ ।
इलाका कार्यालय कोहलपुर, वा“केकी ग्राहक सदस्य स्वर्गीय श्रीमती बिमला भण्डारीको पति रेग्मी प्रसाद भण्डारीलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले समूहका अन्य ग्राहक सदस्य, कर्मचारी र पत्रकारहरूको उपस्थितिमा बीमाको क्षतिपूर्ति र किरीया खर्च वापतको रकम रु. २ लाख २ हजार ६१ रुपैया“को चेक हस्तान्तरण गर्नुभयो ।
यसैगरी दमौली, तनहु“, चापाघाट बस्ने ग्राहक सदस्य स्वर्गीय मोहनी माया थापाको पति भुपाल थापा मगरलाई बीमाको क्षतिपूर्ति र किरीया खर्च वापतको रकम रु.७६ हजार ५ सय ४३ रुपैया“ इलाका कार्यालय दमौलीबाट हस्तान्तरण गरिएको छ भने काठमाडौ“ महानगरपालिका, बौद्ध बस्ने स्वर्गीय साबित्री रोम्भाको छोरा समिर रोम्भालाई रु. ७९ हजार ५ सय ४ रुपैयांको चेक शाखा कार्यालय जोरपाटी, काठमाडौ“बाट हस्तान्तरण गरिएको छ । संस्थाले आफ्ना ग्राहक सदस्यको हित संरक्षणका लागि लागु गरेको कर्जाको म्यादि जीबन बीमा कार्यक्रम अन्तर्गत उक्त बीमा क्षतिपूर्ति वापतको रकम हस्तान्तरण गरिएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]