February 17th, 2020

दुई अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले ९१ दिने अवधिको दुई अर्ब बराबरकोे ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । उक्त ट्रेजरी बिल आउँदो जेठ ६ गते परिपक्व हुनेछ ।

(ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]