वासलात के हो ? किन र कसरी तयार गर्ने ?

बैंकिङ खबर । कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ ।

वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु

  • तिर्नुपर्ने बिल (Bills Payable)
  • बैंक ओभरड्राफ्ट ( Bank Overdraft)
  • साहु ( Creditor)
  • ऋण ( Loan)
  • सुरक्षित कोष (Reserve Fund)
  • पुँजी ( Capital)
  • पुँजी फिर्ता (Drawings)
  • खुद नाफा (Net Profit)
  • खुद नोक्सान (Net Loss)

वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु

  • नगद मौज्दात (Cash in Hand)
  • बैंक मौज्दात ( Cash at Bank)
  • भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable)
  • आसामी (Debtor)
  • फर्निचर (Furniture)
  • मोटर ( Motar)
  • लगानी (Investment)
  • भवन, हाता र पर्खाल (Business Premises)
  • अदृश्य सम्पतिहरु (Intangible Assets)
  • सामानको अन्तिम मौज्दात (Closing Stock)

वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु

  • अन्तिम मौज्दात (Closing Stock)
  • पेस्की खर्च ( Prepaid Expenses)
  • भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses)
  • ह्रास ( Depreciation)
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.