नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीको एफपीओ मूल्य निर्धारण गर्न नयाँ निर्देशन जारी गर्ने भएको छ । आफूखशी मूल्य तोकेर एफपीओ निष्काशन गरेको पाइएपछि नियामक बोर्डले यस्तो निर्देशन ल्याउने तयारी गरेको हो । एफपीओको मूल्य निर्धाणको नीतिगत व्यवस्थाका लागि अध्ययन गर्न धितोपत्र बोर्डले एक कमिटिसमेत गठन गरेको छ । कमिटिले गरेको अध्ययनका आधारमा सबै कम्पनीमा एकरुपता हुने गरी स्पष्ट नीतिगत व्यवस्था गरिने बोर्डले जनाएको छ ।
अहिलेसम्म एफपीओ निष्कासन गर्दा कति मूल्य तोक्न पाउने भन्नेमा स्पष्ट नीतिगत व्यवस्था नभएकाले अन्योल बढेको थियो । कम्पनीहरूले पनि बजारमा कायम भाउका आधारमा एफपीओ मूल्य तोक्न दबाब दिने गरेका छन् ।