February 12th, 2020

प्रविधि प्रयोगमा नेपालीकाे फड्को : मोबाइल बैंकिङका प्रयोगकर्ता नब्बे लाख नाघे

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ९० लाख नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनासम्म ९० लाख ५६ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता दर्ता भएका छन् । तर सक्रिय प्रयोगकर्ता भने ७४ लाख ७४ हजार मात्रै रहेका छन् ।

तर एउटै व्यक्तिले धेरै बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेकाले ठ्याक्कै कति जनसंख्याले मोबाइल बैंकिङ चलाउँछन् भन्ने जानकारी राष्ट्र बैंकलाई छैन । 

यस्तै इन्टरनेट बैंकिङ सेवा चलाउनेको संख्या ९ लाख ३० हजार रहेको छ । इन्टरनेट बैंकिङका ग्राहक ९ लाख ३० हजार रहेका र यसमध्ये ५ लाख ५६ हजार प्रयोगकर्ता मात्रै सक्रिय रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै कात्तिक महिनासम्म नेपालमा ६८ लाख ६३ हजार डेबिट कार्ड जारी भएका छन् । यीमध्ये ४५ लाख ७१ हजार मात्रै सक्रिय छन् । यस्तै १ लाख ४० हजार क्रेडिट कार्ड जारी भएकोमा १ लाख २ हजार मात्रै सक्रिय रहेका छन् ।

उज्यालो दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]