कृषि विकास बैंकको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले सार्वजनिक निष्कासनमार्फत माघ १४ देखि १७ गतेसम्म विक्री गरेको र व्यक्तिगत तवरमार्फत आंशिक रुपमा माघ २७ गते ऋणपत्र बाँडफाँट गरेको हो । सात वर्षे अवधिको वार्षिक १० दशमलव ३५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी बैंकले २५ लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको थियो । जसमध्ये व्यक्तिगत तवरमार्फत १५ लाख कित्ता र १० लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि विक्री गरेको हो ।
व्यक्तिगत तवरमार्फत आवेदन गर्ने आवेदकहरुले आंशिक बाँडफाँटमा नपरेको ऋणपत्र बापतको रकम फागुन १ गतेदेखि फिर्ता भुक्तानी पाउनेछन् । बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलबाट ‘एकाउण्ट पेइ’ चेकमार्फत उक्त रकम फिर्ता भुक्तानी गरिने बैंकले सूचना मार्फत जानकारी गराएको छ ।
आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।