२०७३ असार १७ गते

शेयर निष्काशनको तयारीमा ४ जलविद्युत् कम्पनी, पर्खाइ – बोर्डबाट अनुमतिको

hidroआँखु खोला जलविद्युत कम्पनीले ८ करोड रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित मूल्य भएको ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशनका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले आवेदन दिएपछि बोर्डले कम्पनीको वित्तीय अवस्थाका बारेमा अध्ययन थालेको छ । 
 
त्यस्तै, हिमालय पावर पाटर्नरले १० करोड ६५ लाख ४१ हजार सात सय रूपैयाँको आइपीओ जारी गर्नका लागि बोर्डको अनुमति पर्खेर बसेको छ । नेपाल हाइड्रो डेभलपरले स्थानीय बासिन्दाका लागि दुई करोड ६० लाख कित्ता सेयर बिक्री गर्दैछ । युनाइटेड मोदी हाइड्रोपावरले पनि ११ करोड ५० लाख रूपैयाँको ११ लाख ५० हजार कित्ता आइपीओ ल्याउन लागेको छ । बोर्डबाट अनुमति पाउने वित्तीकै शेयर निष्काशन गरिने जानकारी कम्पनीले दिएको छ ।