Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

के हो व्याज मुल्तबी ?

२०७६ माघ २७ गते

बैंकिङ खबर । अवधि परिपक्वताका हिसाबले ब्याज प्राप्त हुनुपर्ने भइसकेको, तर हातमा ब्याज रकम नपरेको अवस्थालाई ब्याज मुल्तबी भनिन्छ । कुनै ऋणीले लिएको ऋणको व्याज तोकिएको समयमा ऋण दिने संस्थालाई बुझाएन भने उक्त ऋणीबाट पाउनुपर्ने व्याज रकमलाई संस्थाले व्याज मुल्तबी खातामा चढाउँछ । उक्त व्याज रकम प्राप्त नभएसम्म ऋण दिने संस्थाले आम्दानी जनाउन नपाउने व्यवस्था रहेको छ । जब ब्याज रकम वास्तवमै प्राप्त हुन्छ, त्यो रकमलाई ब्याज प्राप्ति देखाइन्छ र ब्याज मुल्तबी खातालाई क्रेडिट देखाइन्छ । त्यस्तै, उठ्नुपर्ने भाका नाघेर खराब कर्जामा परिणत भएका ऋणको ब्याज रकमलाई पनि मुल्तबी हिसाबमा राखिन्छ ।