बैंकिङ खबर । उन्नति लघुवित्त वित्तिय संस्था शाखा कार्यालय जहरे सुर्खेतले ३५ जना सदस्यलाई व्यवसायीक कुखुरापालन तालिम दिएको छ ।
यस वित्तिय संस्था शाखा कार्यालय जहरे सुर्खेत बाट सञ्चालित विभिन्न महिला समुह सदस्यहरुलाई शाखा कार्यालय जहरे सुर्खेतले आयोजना गरेको व्यवसायीक कुखुरा पालन तालिम आफ्ना वित्तिय संस्था संग आवद्ध रहेका ग्राहकलाई स सानो कर्जा सम्बन्धित व्यवसाय सुरुवात तथा सदस्यहरुलाई आर्थिक अवस्था सुधारमा सहयोग र आधुनिक तरिका बाट कुखुरा व्यवसाय संचालन गर्न सदस्यहरुको क्षमता मा वृद्धि गर्ने उदेश्यले २ दिने तालिम संचालन भएकोे कुरा वित्तिय संस्थाको शाखा प्रवन्धक जय बहादुर विटालुले बताउनु भयो ।
