साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ५ सय रुपैयाँका दरले बढेको छ । शुक्रबार छापावाल सुन तोलाको साढे ५८ हजार रुपैयाँ र तेजावी सुन तोलाको ५८ हजार २ सय ५० रुपैयाँका दरले किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताभरि नै सुनको भाउ घट्ने र बढ्ने भइरह्यो । गत साताको अन्तिम दिन शुक्रबार तोलाको ३ हजारले बढेर छापावाल सुनको भाउ तोलाको ५९ हजार र तेजावी सुनको भाउ तोलाको ५८ हजार ७ सय ५० पुगेको थियो । यसआधारमा, यस साता सुनको भाउ तोलाको ५ सय रुपैयाँका दरले मात्रै बढ्यो । साताको सुरुको दिन तोलाको ५ सय रुपैयाँले सस्तिएर छापावाल सुन ५८ हजार ५ सय र तेजावी सुन ५८ हजार २ सय ५० रुपैयाँका दरले कारोबार भयो । सोमबार तोलाको २ सय रुपैयाँले महँगियो भने मंगलबार तोलाको ४ सय रुपैयाँका दरले सस्तियो । बुधबार पुनः तोलाको ३ सय रुपैयाँका दरले सस्तिएको सुन विहिबार स्थिर रह्यो ।
विहिबार छापावाल सुन तोलाको ५८ हजार रुपैयाँ र तेजावी सुन तोलाको ५७ हजार ७ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो ।
शुक्रबार चाँदी एकैदिन तोलाको ३५ रुपैयाँका दरले बढेको छ । बिहीबार तोलाको ८ सय ३५ रुपैयाँका दरले कारोबार भएको चाँदी शुक्रबार तोलाको ८ सय ७० रुपैयाँका दरले कारोबार भइरहेको छ । गत साताको अन्तिम दिन तोलाको ८ सय १० रुपैयाँका दरले कारोबार भएको थियो । यस आधारमा चाँदीको भाउ साताभरमा तोलाको ६० रुपैयाँका दरले बढेको छ ।