बैंकिङ खबर । सिरहा जिल्लाको ग्रामिण क्षेत्रमा रहेको सितापुरपत्तारी गाँउपालिका वडा नं ६ सितापुर बजारमा मेरो माइक्रोफाइनान्स लघुवित्त शाखा कार्यालय सितापुर, नेपाल नेत्रज्योति संघ, सगरमाथा आखाँ अस्पताल लहान, रेन ड्रोप नेपाल सितापुर, रामजानी बोडिगं स्कुल सितापुरको संयुक्त आयोजनामा मिति २०७६/१०/२५ गते शनिवारको दिन १ दिने निशुल्क आखाँ तथा कानको उपचारको लागि शिविर संचालन भएको छ ।
उक्त शिविरमा मेरो माइक्रोफाइनान्स लघुवित्तका अनुगमन अधिकृत सागर भण्डारी, शाखा प्रमुख राम केश्वर पंडित, रेन ड्रोप नेपाल सितापुर, रामजानी बोडिगं स्कुल सितापुरको फाउन्डर नन्द किशोर यादब, स्थानिय निकायको प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
उक्त शिविरमा मेरो माइक्रोफाइनान्स लघुवित्तको अनुगमन अधिकृत सागर भण्डारीले मेरो माइक्रोफाइनान्स लघुवित्तले पैसा नभएर रहेको ग्रामिण भेगका वासिन्दाहरुलाई सेवा पुर्याउने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु संचालन गरेको बताउनु भयो ।
