मुलुकले चालू आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ३७ अर्ब व्यापारघाटा बेहोरेको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा ६ खर्ब ३७ अर्ब ४१ करोड ३९ लाख ७४ हजार रुपैयाँ बराबरको व्यापारघाटा भएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनामा ७ खर्ब ५१ अर्ब ९७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । आयात ४.०४ प्रतिशत घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ भने निर्यात २६.१३ प्रतिशत बढेर ५७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । आयात घट्दा र निर्यात बढ्दा व्यापारघाटामा पनि केही सुधार भएको छ ।
कारोबार दैनिकमा प्रकाशित समाचार ।