Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

महिला सामुदायिक लघुवित्त र जाल्पा लघुवित्त एकआपसमा गाभिए

२०७६ माघ १७ गते


बैंकिङ खबर । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था दाङ र जाल्पा लघुवित्त वित्तीय संस्था पोखराका बिच काठमाण्डौ नँया बानेश्वर स्थित इन्दे्रणी कम्प्लेक्समा आयोजित एक कार्यक्रममा एक आपसमा गाभ्ने \गाभिने(मर्जर) पत्रमा हस्ताक्षर सम्पन्न गरिएको छ । उक्त सम्झौता पत्रमा दुवै वित्तीय संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठ तथा गीता गिरीले हस्ताक्षर गर्नुभयो ।
दुवै वित्तीय संस्था गाभिए पश्चात कुल शाखा संख्या ५५, लगानीमा रहेको कर्जा ३ अर्व, वचत १ अर्व ७५ करोड, सदस्य संख्या ७८,००० तथा कर्मचारी सख्या ३५० हुने छ तथा मर्जर पश्चात केन्द्रीय कार्यालय बुटवलमा रहने छ ।
दुवै वित्तीय संस्थाको मर्जर पश्चात चुक्ता पुँजी ११ करोड २० लाख रहने छ । दुवै वित्तीय संस्था एक आपसमा गाभिएर राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा कार्य संचालन गर्ने योजना रहेको छ ।
जाल्पा लघुवित्त वित्तीय संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएका इथोपियाका अबैतनिक महाबाणिज्य दुत तथा कैलाश विकास बैकका भुतपुर्व अध्यक्ष राजेन्द्र गिरी , धौलागिरी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष इश्वर लाल राजभण्डारी, जाल्पा लघुवित्त वित्तीय संस्थाका संचालक समिति सदस्य बिर बहादुर अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा दुवै वित्तीय संस्थाका संचालक समितीका सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा बरिष्ठ कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Ad