Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सिभिल बैंकका अध्यक्ष तामाङमाथिको छानबिनले लगानीकर्तामा निम्त्याएको सन्त्रास

२०७६ माघ १६ गते

बैंकिङ खबर । एउटा व्यक्तिको सम्पत्ति छानविनले सिंगो नीजि क्षेत्र संत्रासमय भएको छ । एउटा व्यक्तिले कमाएको रकम । उसले राज्यलाई कति कर तिर्यो ? कति जनालाई रोजगार दियो ? देशको आर्थिक क्षेत्रलाई कति फाइदा भयो ? यी सकारात्मक पक्ष हुन् । त्यस्तै कति कर छल्यो ? कति भ्याट छल्यो ? कति सम्पत्तिको स्रोत खुलेन ? यी नकारात्मक पक्ष हुन् । तर नकारात्कम पक्ष त्यतिबेला मेल खान्छ जतिबेला उसले राज्यलाई हानी पुर्याउने काम गर्छ, वा सार्बजनिक पद धारण गरेर देशमाथि बेइमानि गर्छ । कि राज्य ठग्न नियतबस कर छलिरहन्छ । यी पात्र लगानीकर्ता, एउटा व्यवसायी व्यक्ति हुन् । नीजि क्षेत्रकै कर, ट्याक्सबाट सिंगो देश धानिएको अबस्थामा सकारात्मक पक्षलाई विर्सिएर राज्यका सबै संयन्त्र ६० करोड सम्पत्तिको स्रोत खोज्न तल्लीन हुनु लगानी, समृद्धि र अर्थतन्त्रको विपक्षमा राज्य उभिनु हुन सक्छ ।

यो सवाल हो सिभिल बैंकका अध्यक्ष एवं सिभिल ग्रुपका अध्यक्ष एवं तथा पूर्वसभासद् इच्छाराज तामाङको सम्पत्ति छानबिन । एउटा व्यक्तिसँगको विषय होइन । लगानीकर्ता, धनी व्यक्ति र सम्पत्ति प्रसस्तै भएका व्यक्तिका पछि राज्य यसैगरी लाग्ने हो भने देशको अर्थतन्त्र कहाँ पुग्ला ? यो सन्त्रासले पैसा कमाउन होइन लुकाउन तर्फ नीजि क्षेत्र उद्धत हुन सक्छ । तामाङको सम्पत्ति रोक्का भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत बिहीबार उनको नाममा रहेको अधिकांश सम्पत्ति रोक्का राख्न विभिन्न निकायलाई पत्राचार गरेको छ ।  विभागले उनलाई बयानका लागि बोलाउने तयारी गरेको छ । गत असोजदेखि तामाङमाथि विभागले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान थालेको हो । सत्तारुढ नेकपानिकट व्यवसायी तामाङ सिभिल बैंकका अध्यक्ष र सिभिल होम्सका सञ्चालक हुन् । उनले सिभिल सहकारीसमेत चलाउँदै आएका छन् । उनको केही बैंक खाता पनि रोक्का गरिएको छ । उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएपछि रोक्का राखिएको विभागको भनाई छ ।

उनका करिव दुइ दर्जन कम्पनि छन् । उनका मात्रै होइन उनी जस्तै द्धराना समुहका पचारवटा सम्म कम्पनी छन् । केही घाटामा होलान् केही नाफामा । पैसा सँगै ऋण पनि होला, त्यो अर्को पाटो हो । हाल उनको सिभिल होटेल, सिभिल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, कोत्से भैरव बहुउद्देश्यीय कम्पनीलगायत कम्पनीको सेयरसमेत रोक्का राखिएको छ । यो विषयको नीजि क्षेत्रले खुलेर विरोध गर्न सकेको छैन । उनी राजनीतिक आश्थाका हिसावले कम्यूनिष्ट हुन् । पूर्व सभासद समेत हुन् । व्यबसायीक हिसावले उनी सिभलि ग्रुपका अध्यक्ष, सिभिल बैंकका अध्यक्ष र अन्य कम्पनीका लगानीकर्ता हुन् ।

Ad