Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२३ करोड राजस्व छलीको मुद्दा

२०७६ माघ १३ गते

राजस्व अनुसन्धान विभागले झुट्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छली गरेको आरोपमा २३ करोड ६० लाख विगो र विगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद माग गर्दै दुई फर्म विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

गोरखा गोरखकाली नगरपालिका स्थायी घर भई काठमाडौं महानगरपालिका १७ बस्ने रेजिङ इन्टरनेसनलका सञ्चालन सञ्जीव मास्केविरुद्ध १४ करोड ८७ लाख विगो कायम गरी विभागले मुद्दा दायर गरेको छ। रेजिङले वस्तु तथा सेवा खरिद नै नगरी झुट्ठा भ्याट बिल खरिद गरी सो आधारमा खर्च देखाइ आयकर समेत छलेको पाइएको छ।

यस्तै हेटांैडा उपमहानगरपालिका २ स्थित हनुमान कन्स्ट्रक्सन र यसका प्रोपाइटर शालिकराम न्यौपानेसहित २ जनाले वस्तु र सेवा खरिद नै नगरी नक्कली भ्याट बिल बनाएर आयकर र भ्याट छलेको अभियोगमा उनीहरूसँग ८ करोड ६२ लाख विगो र विगोको दोब्बर जरिवाना तथा ३ वर्ष कैद सजाय माग गरिएको विभागले जनाएको छ।
नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार । 

Ad