January 24th, 2020

राष्ट्र बैंकका चार कार्यकरी निर्देशकको अवकाश, रिक्त पदमा को आयो ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकमा हालै चार जना कार्यकारी निर्देशकले अवकाश पाएका छन् । महेश्वरलाल श्रेष्ठ, लक्ष्मी प्रपन्न निरौला, सुनिल उदास र सरिता भट्ट अधिकारीले अवकाश पाएका हुन् । जसअनुसार, राष्ट्र बैंकमा चार वटा कार्यकारी निर्देशकको पद खाली भएको छ ।

कार्यकारी निर्देशकमा वरियताका आधारमा बढुवा गरिन्छ । जसअनुसार, उदास र अधिकारीको ठाउँमा रेवति प्रसाद नेपाल र रामु पौडेललाई नियुक्त गरिसकिएको छ । उनीहरुलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । कानुन महाशाखा प्रमुख रहेका रेवति नेपालले भुक्तानी ब्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् भने वित्तीय जानकारी इकाईमा रहेका रामु पौडेलले फाइनान्स कम्पनी सुपरिवेक्षण विभागको जिम्मेवारी पाएका छन् ।

श्रेष्ठ र निरौलाको ठाउँमा नियुक्ती गर्न बाँकी छ । वरियता क्रमका आधारमा तेस्रो र चौथो स्थानमा विश्रुुत थापा र राम बहादुर मानन्धर रहेका छन् । केही दिनमा उनीहरुको बढुवा हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]