Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

२६ जनाले मात्रै लिए २ प्रतिशत व्याजदरमा ऋण

admin २०७३ असार १६ गते
सेयर:

money 2 (3)नीतिगत जटिलता र बैंकहरूको उदासीनताका सहुलियत व्याजदरमा ऋण लिने भुकम्पपीडितको संख्या बढ्न सकेको छैन । पीडितलाई २ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने भनी नीतिगत व्यवस्था भएको एक वर्षमा बल्ल २६ जनाले मात्र यस्तो ऋण लिएका छन् । राष्ट्र बैंकका अनुसार हालसम्म ८ वटा बैंकमार्फत २६ जनाले ५ करोड ९० लाख रुपैयाँको कर्जा सम्झौता गरेका छन् । 

घर निर्माण सुरु गर्नका लागि अनुदान अन्तर्गतको २ लाख रुपैयाँ रकम उपलब्ध गराउन नसकिरहेका कारण पीडितहरुले सहुलियत व्याजदरमा पाइने ऋणमा पीडितले चासो नदिएका हुन् । त्यस्तै, पुनर्निर्माण प्राधिकरण र राष्ट्र बैंकले भूकम्प प्रभावित घरपरिवारलाई आवासीय घर पुनर्निर्माणका लागि प्रदान गरिने पुनर्कर्जा कार्यविधि संशोधन गर्न ढिलाइ गरेकाले पनि पीडितले सहुलियत कर्जा लिएका छैनन् । सरकारले पूर्ण रूपमा घर क्षति भएको परिवारलाई उपत्यकामा २५ लाख र उपत्यका बाहिर १५ लाख २ प्रतिशत ब्याजदरमा ऋण दिने घोषणा गरेको थियो । घोषणाअनुसार गत वर्ष जेठ १३ गते कार्यविधि ल्याइएको हो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।