January 17th, 2020

बैंकरका सन्त्रास : सम्पत्ति सुद्धिकरणदेखि बैंकिङ कसुरसम्म

478904385

बैंकिङ खबर । एकातिर नाफा बढाउनुपर्ने तनाव त अर्कोतिर जोखिम कम गर्नुपर्ने तनाव । बैंकरहरु यति बेला चौतर्फी तनावमा छन् । पुँजी वृद्धि, शाखा विस्तार एवम् लगानी विस्तारका साथै प्रविधि समेतको विस्तारले बैंकको व्यवसाय बढेको त छ नै साथमा जोखिम पनि बढिरहेको छन् । बैंकरहरुलाई व्यवसाय विस्तार र जोखिम न्युनीकरण बीचमा सन्तसलन कायम गर्न हम्मे हम्मे परिरहेको छ ।

नाफा कमाउन संचालक समितिको दवाव
एउटा बैंकसँग त्यसका शेयरधनी, सहकार्य गर्ने संस्थाहरु, कर्मचारी एवम् ग्राहक समेत जोडिएका हुन्छन् । सबैको चित्त बुझाउनका लागि बैंकलाई नाफा कमाउने दबाब हुन्छ । शेयरधनीले शेयरको मूल्यवृद्धिका साथमा बोनसको अपेक्षा गरेका हुन्छन् । कर्मचारीले तलब वृद्धि चाहान्छन् त ग्राहकले थप सेवा सुविधा । यी सबै कुरालाई ध्यानमा राखेर प्रत्येक वर्ष नाफा बढाउँदै जानुपर्ने दबाब बैंकरलाई हुन्छ । नाफा घट्नेवित्तीकै शेयरधनी हच्किन्छन् । त्यसमाथि, प्रतिपर्धात्मक बजार छ । अरु बैंकको भन्दा राम्रो गर्नुपर्ने दबाब पनि संचालक समितिबाट आउँछ ।

नियमनमा राष्ट्र बैंकको कडाइ
बैंकरले नाफा बढाउने मात्रै भनेर नियमविपरीत काम गर्नु पनि भएन । व्याजदर, निक्षेप संकलन, कर्जा लगानी लगायत हरेक कुरामा राष्ट्र बैंकको नियम अनुसार चल्नुपर्ने हुन्छ । माग आयो भन्दैमा कर्जा लगानी गर्न पाइँदैन । केन्द्रीय बैंकले तोकेको क्षेत्रमा लगानी पुर्याउनुपर्छ । व्याजदर पनि नियमअनुसार लगाउनुपर्छ । घरजग्गा, गाडी जस्ता नाफा मात्र हुने तर देशलाई फाइदा नहुने कुराहरुमा कर्जा विस्तार गर्न राष्ट्र बैंकले कडाइ गरेको छ । उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दा प्रतिफल पाउन अलिक समय लाग्छ ।

बैंकिङ कसुरको सन्त्रास
नियमविपरीत काम गर्नेवित्तीकै बैंकिङ कसुर लाग्ने डर हुन्छ । अहिले यस्ता घटना थुप्रै बाहिरिरहेका कारण अझ बढी कडाइ भएको छ । आफ्नो मात्र फाइदा हेरेर नियमविपरीतका योजनाहरुमा लगानी गर्दा कुनै न कुनै बेला फसिन्छ । साथमा बैंकलाई पनि हानी हुन्छ । खराब कर्जा बढ्ने जस्ता समस्या यसै कारण आउन सक्छ ।

सम्पत्ति शुद्धिकरणले अर्को समस्या
अहिले त सम्पत्ति शुद्धिकरणमा पनि थप कडाई गरिएको छ । बैंकरले असामान्य ढंगले सम्पत्ति कमाएको थाहा हुनेवित्तीकै छानविन हुन्छ । दोषी पाइएमा पुरै करिअर नै समाप्त हुन्छ । सर्वसाधारणको पैसाको जतन गर्ने एवम् सही ठाउँमा लगानी गरी प्रत्रिफल दिने एक संवेदनशील संस्था हो बैंक । बैंकरले नै यस विषयलाई नबुझ्ने हो भने ठूलो संकट आइपर्छ । त्यसैले, सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै जोखिम न्युनीकरण गर्न खोजिएको छ ।

ह्याकरको विगविगी
प्रविधिको विकास एवम् विस्तारसँगै त्यसको दुरुपयोग गर्नेको संख्या पनि बढ्दै गइरहेको छ । विश्वव्यापी रुपमा नै ह्याकरहरुको विगविगी छ । ह्याकरको डरले प्रविधिको प्रयोग नगरेर पनि भएन । प्रविधिको प्रयोगले व्यवसाय विस्तारमा सहयोग पुर्याउँछ भने ग्राहकलाई पनि सहजता प्रदान गर्दछ । त्यसैले, प्रविधिको प्रयोगमा सुरक्षा अपनाउनु पनि एक बैंकरका लागि चुनौतिको विषय बनेको अवस्था छ ।

बैंकरले आफ्नो विकास नभई बैंकको दीर्घकालीन विकासको बारेमा सोच्नुपर्छ । बैंकको विकाससँगै त्यससँग सम्बन्धित सबै पक्षको विकास हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]