Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिथिला लघुवित्तको एघारौं बार्षिक साधारण सभा सम्पन्न

२०७६ माघ १ गते


बैंकिङ खबर । धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थाको एघारौं बार्षिक साधारण सभा पौष २९ गते मंगलबार राधाकृष्ण मन्दिर तथा सामुदायिक भवन ढल्केवरमा मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोको प्रमुख आतिथ्यमा सम्पन्न भयो । सभाको सञ्चालन विभागिय प्रमुख रेशम बास्तोलाले गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले स्वागत मन्तब्य राख्नुभएको थियो । सभाको अध्यक्षता संचालक समितिको अध्यक्ष शिव प्रसाद साहले गर्नु भएको थियो विशिष्ट अतिथिका रुपमा मिथिला नगरपालिकाका उपप्रमुख तारा कुमारी बस्नेत रहनुभएको थियो ।

उक्त सभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको चुक्तापुँजीको १५ प्रतिशत कर बाहेक नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । अध्यक्ष साहले पेश गर्नु भएको आ.ब. २०७५/०७६ को बार्षिक प्रतिवेदनमा संस्थाको संक्षिप्त विवरण र स्थिती, निक्षेप तथा कर्जा लगायत भावि कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।
संस्थाको एघारौं बार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्वको लागिक्रमशश्याम प्रसाद साह, फगुनीमहतो कोईरी, किसोरी साह र शिव प्रसाद साहनिर्वाचितभएकाथिए । संचालक समितिको पहिलो बैठक बसि श्याम प्रसाद साहलाई संचालक समितिको अध्यक्षमा सर्ब सम्मतीले चयन गरिएको थियो ।
वित्तीय संस्थाले एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थालाई गाभ्ने तथा गाभिने वा प्राप्ती गर्ने वा प्राप्ती हुने लगायतका सम्पुर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ । यस वित्तीय संस्थाले १० जिल्लामा ३२ वटा शाखा मार्फत करिब २४ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रवाह गरेको छ । यस संस्थाको लगानीमा रहिरहेको कर्जा १ अर्ब ९ करोड रहेको छ भने बचत ३०करोड रहेको छ ।

Ad